शनिबार, बैशाख ८, २०८१

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो, थप २६३८ जना संक्रमित थपिए , थप १२ जनाको मृत्यु

काठमाडौं असोज २८,  पछिल्लो २४ घण्टामा देशरभरका विभिन्न प्रयोगशालामा गरिएको कोडि परीक्षणको क्रममा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ पुगेको छ भने आइसीयूमा ३०५ जना र भेन्टीलेटरमा ७० जनाकोउपचार हुँदै गरेको मन्त्रालयले जनाएको छ।

त्यस्तै गरि देशभरका क्वारेनटिनमा ४ हजार ६ सय ६६ जना ,होम आइसोलेसनमा २१ हजार ५ सय ४८ जना र संस्थागत आइसोलेसनमा १४ हजार ८ सय १९ छन् । त्यस्तै २१सय७४ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको सख्या ८० हजार ९५४ पुगेको छ भने संक्रमणबाट थप १२ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको मन्त्रालयले जनाएकोछ ।