शनिबार, बैशाख ८, २०८१

दशैं पूजाका लागि उपत्यकास्थित शक्तिपिठहरु कात्तिक १ गते देखि खुला गरिदै

काठमाडौं असोज २८,

बढ्दो कोभिड संक्रमणको जोखिमसंगै लामो समय यतादेखि बन्द रहेको उपत्यका लगायत देशरभरका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । दशैंको समयमा शक्तिपिठ अन्र्तगत गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वगलामुखी लगायतका मन्दिर सम्वद्ध गुडियारह एवमु मन्दिर व्यवसाथपा समूहले सर्वसाधारणका लागि सामाजीक दुरी कायम गर्दै खुला गर्ने तयारी गरेको छ ।

यद्यपी सरकारबाट अहिले सम्म मन्दिर खुलागर्ने सम्बन्धमा कुनै औपचारिक निर्णय सार्जजनिक गरेको छैन । सरकारले कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुलका लागि पूजाआजा रोक्ने निर्णय गरेको हो ।

यसवीचमा सरकाले अन्य क्षेत्रलाई खुला गरेपनि मन्दिरमा धेरै भिड हुने भएकाले मन्दिरलाई खुला गर्ने निर्णय नगरेको सरकार सम्वद्ध असधकारहिरुले बताएका  छन । तथापी कार्तिक १बाट मन्दिर खुला गर्ने तयारी सम्वद्ध समरहले गर्दै गर्दा कतै स्थिती तनावग्रस्त त हुने होइन भन्ने आशंका समेत सिर्जना गरेको छ ।