शुक्रबार, बैशाख १४, २०८१

थप १ हजार ९ सय ११ जनामा कोभिड संक्रमण, ११ को मृत्यु

काठमाडौं असोज १५ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षणको क्रमममा थप १ हजार ९ सय ११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ७९ हजार ९ सय ११ पुगेको छ । त्यस्तै मन्त्रालयले  देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय ८० रहेको जानकारीदिएको छ ।

त्यस्तै देशभर थप ९ सय ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३ सय ८९ पुगेको जानकारीदिदै  मन्त्रालयले क्वारेनटिनमा ५ हजार ७७ जना रहेका छन् । होम आइसोलेसनमा ११ हजार ६९ रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ७ सय ६१ रहेको जानकारीदिएको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।