बिहिबार, चैत्र १५, २०८०

थप १८ जना संक्रमितको मृत्यु ,देशभर थप ३५ सय ५६ जनामा कोभिड संक्रमण

काठमाडौ असोज २७,

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षणको क्रममा थप ३ हजार ५ सय ५६ जनामा कोभिड९१९ संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ भने यसमध्ये देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्ते मन्त्रालयले थप १५ सय ३ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ७८ हजार ७ सय ८० पुगेको जनाउदै देशभरका क्वारेनटिनमा ४ हजार ७ सय ९५ जना ,होम आइसोलेसनमा २० हजार ८ सय ६७ जना रहनुको  अलावा आइसीयूमा ३ सय ७ जना र भेन्टीलेटरमा ६६ जना संक्रमितको उपचार भइरहेको जनाएको छ । त्यस्तै देशभर थप १८ जना संक्रमितको मृत्यु भएको छ । यी सहित नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४६३ पुगेको छ ।