शुक्रबार, चैत्र १६, २०८०

थप १७ जनाको मृत्युसंगै देशभर ४४९९ कोभिड संक्रमित थपिए ,उपत्यकामा मात्रै २७ सय २० जना संक्रमित

 काठमाडौं कार्तिक ७ ,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोशालामा १६ हजार ८६३ नमुना परीक्षणको क्रममा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै  नेपालमा हालसम्म कोभिड संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।

त्यस्तै आज पुष्टि भएको संक्रमित मध्ये काठमाडौं उपत्यकाका २७ सय २० जना संक्रमित रहेको र छ। जसअनुसार काठमाडौंका २३ सय ५७, ललितपुरका २ सय ३६ र भक्तपुरका १ सय २७ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले संक्रमितमध्ये २ सय ९० जनाको आइसियू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारीदिनुको अलावा ६ सय ६८ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको जनाएकोछ ।

साथै देशभर थप १७ जनाको संक्रणका कारण मृत्यु भएसंगै कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।