शुक्रबार, चैत्र १६, २०८०

ड्रोनको प्रयोग सहित नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने

काठमाडौ असोज २९ ,

आससन्न दशैं तिहार पर्वलाइ लक्षित गर्दै नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालनसंगै   ट्राफिक सहितको संयुक्त चेकिङ देशैभर ४९० स्थानमा त्यस्तैगरि र यात्रु सहायता कक्ष २६४ स्थानमा व्यवस्था   गर्ने भएको छ । नेपाल प्रहरीका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंबाट सातवटा प्रदेशमा प्रहरी परिचालन हुने जनाएको  छ। यसक्रममा सबैभन्दा धेरै बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि ४ हजार ९५३ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा ७ हजार ५५० प्रहरीलाई परिचालन गर्ने जनाएको  छ ।

त्यस्तै नेपालभरमा ट्राफिक सहितको संयुक्त चेकिङ ४९० वटा र २६४ वटा यात्रु सहायता कक्ष संचालन गर्ने भएकेछ । त्यसतैगरि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा ७ हजार ५५० प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष २१ वटा राख्ने छ ।

प्रदेश नं १ प्रदेश न २, बाग्मती प्रदेश गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा क्रमस ७ हजार ९२२, ७ हजार ३९० ४ हजार ९५३ प्रहरी , गण्डकी प्रहरी कार्यालय पोखराले ५ हजार ३०३ प्रहरी ,लुम्बिनी प्रदेश कार्यालय दाङले ७ हजार ८५० प्रहरी, कर्णाली प्रदेश कार्यालय सुर्खेत ३ हजार ७९७ प्रहरी र सुदुरपश्चिम प्रहरी कार्यालय दीपायलमा ५ हजार ५० प्रहरी परिचालन हुने जनाएकोछ ।
त्यस्तै यसवीचमा नेपालभरका प्रमुख सहरहरुमा आवश्यकता अनुसार ड्रोनको प्रयोग गरेर सुरक्षाको दिने तथा चेकिङस्थलमा तालिम प्राप्त कुकुरहरुको समेत प्रयोग गर्ने तयारी नेपाल प्रहरीको रहेको छ ।