शनिबार, बैशाख ८, २०८१

झुटा मुद्दा खारेजीको माग सहित उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग

काठमाडौ असोज २३,

नेपाली काँग्रेसका भातृ संगठत नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय   समाजशास्त्र विभागका उपप्राध्यापक  प्रेमबहादुर चलाउनेमाथि  असोज २० गते भएकोआक्रमणको     भएको आक्रमणको छानबिन गर्न माग गरेको छ ।

सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक्रमण भएको ठहर सहित जारी विज्ञप्तिमा दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै गरेको छ।

त्यस्तै आक्रमण नेविसङ्घलाई बदनाम गराउन रचिएको षड्यन्त्र हो भन्दै घटनामा कोभिड संक्रमणका कारण आइसोलेसनमा बसेका विद्यार्थीको नामसमेत मुछेर झुटोको खेती प्रचारप्रति दुःख व्यक्त गर्दै निर्दोष विद्यार्थीलाई लगाइएको झुटा मुद्दा खारेजीको माग समेत गरिएको छ ।