शुक्रबार, चैत्र १६, २०८०

जुवा खालमा प्रहरीको छापा, २९ लाख ४८ हजार नगदसहित १० जुवाडे पक्राउ

काठमाडौं कार्तिक १३ ,

जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति जुवाको खालमा छापा मारी रु २९ लाखसहित १० जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ बसपार्क निवासी कृष्णप्रसाद सुवेदीको घरमा छापा मार्दै २९ लाखसहित १० जना जुवोलाइ पक्राउ गरेको छ ।

सुवेदीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा रु २९ लाख ४८ हजार ७०० नगदसहित १० जनालाई पक्राउ गरिएको जनाएकोछ ।

पक्राउ पर्नेमा सन्तोष थापा, नवीन घिमिरे, पब्लु भण्डारी, सन्तोष वली, कृष्णबहादुर सुवेदी, तरुण गौतम, मेघनाथ कुचबधिया, टोपबहादुर शाही, रविन राणा र रहमान मिया रहेको प्रहरीले जनाएँदै पक्राउ परेका जुवाढे उपर कानूनबमोजिम कानुनी कारबाही शुरु गरिएको जनाएको छ ।