शुक्रबार, चैत्र १६, २०८०

जाजरकोटको ओलभीरमा जीप दुर्घटना हुँदा वडाध्यक्ष अमरबहादुर शाही सहित ६ जनाको मृत्यु 

एक मृतक र बेपत्ताको सनाखत हुन बाँकी जिप चालक फरार

काठमाडौं असोज २२,
जाजरकोटमा जीप दुर्घटना हुँदा गाउँपालिकाका वडाध्यक्षसहित छ जनाको मृत्यु भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका–१ ओलभीरमा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी जाजरकोटले जनाएकोछ ।

बुधबार दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा जुनीचाँदे–११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको जनाउदै प्रहरीले दुर्घटनामा परी एक जना बेपत्ता र एक जना गम्भीर घाइते भएको जनाएकोछ ।

दुर्घटनामा मृत्यु हुनेमा जुनीचाँदे–११ का वडाध्यक्ष शाही, सोही वडाका खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको हो । एक मृतक र बेपत्ताको सनाखत हुन नसकेको जनाउदै दुर्घटनामा गम्भीर घाइते भएका नरबहादुर बुढालाई प्रदेश अस्पताल सुर्खेत लगिएको र जिप चालक गोरख बस्नेत भने दुर्घटना लगत्तै फरार भएका प्हरीले जनाएकोछ। छ ।