शुक्रबार, बैशाख ७, २०८१

जनगणना २०७८ मोडालिटी हिन्दु धर्ममाथि अतिक्रमणको सूचक भएको सरोकारवालाको ठहर

काठमाडौं असोज २६,

नेपालको जनगणना २०७८का सन्दर्भमा हिन्दु धर्ममाथिका चुनौती र सांस्कृतिक अतिक्रमण बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।  विश्व हिन्दु महासंघ र श्री कृष्ण प्रणामी सेवा समितिका पदाधिकारीवीच सम्पन्न उक्त  अन्तरक्रियामा पछिल्लो समय नेपाल सरकारले तयार गरेको जनगणना फारमको उद्देश्य हिन्दुको संख्या न्यून देखाउने र हिन्दु तथा बौद्ध धर्मावलम्बी माथि आक्रमण गर्ने नियोजित लक्ष्य हावी रहेको अन्तरक्रियाका सहभागी वक्ताहरुले बताएका छन ।

त्यस्तै कृष्ण प्रणामी सेवा समितिका उपाध्यक्ष श्री श्याम कृष्ण शर्मा, श्री कृष्ण प्रणामी युवा परिषद्का अध्यक्ष नमराज ढकाल , उप महासचिव भोला दाहाल समितिका उपाध्यक्ष तथा सांस्कृतिक बिभागका प्रमुख श्यामकृष्ण शर्मा लगायतले जनगणनाको नाममा भएको सांस्कृतीक आक्रमणको विरुद्धमा विश्व हिन्दु महासंघले सम्पूर्ण धार्मिक समाज एकजुट गराइ अगाडि बढ्नुको विकल्प नभएको जिकिर गर्दै श्री कृष्ण प्रणामी सेवा समिति महासंघको संस्थापक सदस्य पनि भएकै कारण महासंघको काँधमा काँध मिलाएर हिड्ने बताउनुभएको छ ।

त्यस्तै महासंघका महाचिव अस्मिता भण्डारीले प्रस्तुत अन्तरक्रियामा आफ्नो अभिमत प्रस्तु गर्ने क्रममा जनगणना २०७८का सन्दर्भमा सम्पूर्ण आफ्ना सदस्य संस्था तथा विभिन्न सांस्कृतिक समूह सँग रणनीतिक छलफल सहित गर्दै छिट्टै अन्य थप कार्यक्रमका माध्यमबाट सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

त्यस्तै महासंघका अन्तर्राष्ट्रियका सचिव अमर केसर सिंह, कोषाध्य श्याम सुन्दर क्षेत्री , नेपाल राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डे अध्ययन अनुसन्धान समितिका सह संयोजक दीपक सुवेदी, गौरक्षा अभियान भारतका डा.पि के ठाकुर लगायतले आ आफ्नो विचार राख्नु भएको प्राप्त जानकारीमा उल्लेख गरिएकोछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930