शनिबार, बैशाख ८, २०८१

खोकनाको सिकाली जात्रा यसरी मनाइन्छ

खोकनाका नेवार समुदायले वडादशैको अवसरमा नत जमरा राख्छन ! नत विजया दशमीको टिका प्रसादनै !!

काठमाडौं कार्तिक ६ ,

उपत्यका लगायत देशैभर वडादशै मनाइदै गर्दा ललितपुरस्थित खोकनामा भने वडादशै नभए सिकाली जात्रा मनाउँने गरिन्छ ।  खोकनाका नेवार समुदायले वडादशैको अवसरमा नत जमरा राख्छन  नत विजया दशमीको टिका प्रसादनै यहाँका बासिन्दा सिकालीलाई मुख्य पर्वका रूपमा मनाउने गर्छन्।

स्वस्थानी कथामा आधारित नाचमा महालक्ष्मीले महिषासुरलाई वध गरेको खुसियालीमा खोकनाका नेवार समुदायले मनाउने सिकाली जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ र ४६ देवगण, वीरभद्र र महाकाली, भैरव र देवताको खट गाउँ परिक्रमा गराउँदै मनाउँने गर्दछन । र यो क्रम घटस्थापनाबाट सुरु भई फूलपातीसम्म जारी रहन्छ ।

त्यस्तै यसक्रममा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने भन्दै निरन्तर बाजा बजाइन्छ, पञ्चमीको दिनमा आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी प्रत्येक गुठीमा ‘ घ्याम्पो द्य अर्थात नवदुर्गाको सहित देवीदेवताको पूजार्चनाका साथै परम्परागत नाच र जात्रा गर्ने गरिन्छ ।