शुक्रबार, बैशाख १४, २०८१

खपट बढेसंगै मौलायो रेमडिसिभिर’इन्जेक्शनको कालोबजारी, नियमक र सम्वद्ध निकाय तैँ चुप मैँ चुप

काठमाडौं कार्तिक ६,
देशैभर बढ्दो कोभिड संक्रमितको सख्या संगै संक्रणका कारण गम्भीर भएका विरामीका लागि प्रयोग हुँदे आएको रेमडिसिभिर’इन्जेक्शनको बजारमा यसको कालाबजारी हुन थालेको समाचार प्राप्त भएको छ।

यसहघि रेमडिसिभिर’इन्जेक्शनको खुला वोर्डरको फाइदा उठाउँदै  कालाबजारी गरेको कारण वीरगञ्जको एक निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ताहिर हुसैन अन्सारी भारतीय नागरिक सेराज अन्सारीलाइ  पक्राउ गरेको चर्चा सेलाउन नपाउदै फेरिपनि कोभिड १९ संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर इन्जेक्सनको  कालोबजारी प्रशय पाउन थालेको हो ।

“पछिल्लो  समय संक्रमितका आफन्तले रेमडिसिभिर लिन कहिले एनएचआरसी त कहिले औषधि व्यवस्था विभाग मात्र नभएर आयात गर्ने अनुमति पाएका आयातकर्ता कम्पनीको मुख ताक्दा ताक्दै मृत्यु वरण गर्न बाध्य हुनु पर्ने स्थिती सिर्जना”

एकातर्फ सरकारले रेमडिसिभिरको बड्डो मागसंगै केहि दिन अघि सूचना जारी गर्दै नेपालमा प्रस्तुत इन्जेक्शन आयत गर्न अनुमति प्राप्त गरेको कम्पनीलाइ सम्पर्क गर्न भन्नुको अलावा स्वास्थ्य अनुसन्धान परिषदमार्फत क्लिनिकल ट्रायलका लागि उपलव्ध गराउनु पर्ने व्यवस्थालइ परिमार्जित गर्दै अव आयातकर्ता आफैले बजारमा उपलव्ध गराउन सक्ने गरी अनुमति खुला गरेपछि अनुमति प्राप्त आयात कर्ता कम्पनीले नेपाल ल्याइ पुर्यानसकेको अवस्थाको फाइदा लुट्दै सिमानाका आसपासको व्यवसायीसंगको साँठगाँठमा औषधि व्यवसायीले रेमडिसिभिरको कालाबजारी गर्दै आएको थाहा भएको छ ।

‘रक्सौलबाट एक भाइलको १० हजार भारु अर्थात १६ हजार नेपालीमा यसको कारोवार हुँदै आएको र संक्रमितको आफन्तको पुग्दा यसको मुल्य ३० देखि ३५ हजार नेपाली रुपैया ‚

त्यस्तै सरकारले यसअघि आयत गरिएका इनजेक्शन नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत क्लिनिकल ट्रायलका लागि उपलव्ध गराउनु पर्ने व्यवस्थालइ परिमार्जित गर्दै अव आयातकर्ता आफैले बजारमा उपलव्ध गराउन सक्ने गरी अनुमति दिएपछि रेमडिसिभिरको कालाबजारी मौलाएको दावी सहित एक व्यवसायीले भने पछिल्लो समय रक्सौलबाट एक भाइलको १० हजार भारु अर्थात १६ हजार नेपाली रुपैयामा यसको कारोवार हुँदै आएको र संक्रमितको आफन्तको पुग्दा यसको मुल्य ३० देखि ३५ हजार नेपाली पुग्ने गरेको बताए ।

तथापी नियमक निकाय औषधि व्यवस्था विभागका सम्वद्ध सरकारी संस्था रेमडिसिभिरको कालाबजारीको सवालमा मौन रहदै आएको छ । त्यसमाथि पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि पसलेको संलग्नतामा हुने गरेको रेमडिसिभिरको कालाबजारीमा सम्वद्ध निकाय तैत्चुप मैँचुपको अवस्थामा बस्दा अवस्था थप भयावह बनेको छ ।

साथै पछिल्लो  समय संक्रमितका आफन्तले रेमडिसिभिर लिन कहिले एनएचआरसी त कहिले औषधि व्यवस्था विभाग मात्र नभएर आयात गर्ने अनुमति पाएका आयातकर्ता कम्पनीको मुख ताक्दा ताक्दै मृत्यु वरण गर्न बाध्य हुनु पर्ने स्थिती सिर्जना भएको छ । त्यस्तै यो अस्पताल त्यो अस्पतालमा अहिले रेमडिसिभिरको हाहाकार भएको अवस्था छ ।

साथमा यो पनि :

सरकार ! बंगलादेश र भारत सरकारले उपलब्ध गराएको ७ हजार भाइल ‘रेमडिसिभिर’इन्जेक्शन  पनि सकिएकै होत ?