बिहिबार, बैशाख ६, २०८१

कोभिड संक्रमका कारण दोलखा, दमक र सप्तरीमा १/१ जना संक्रमितको मृत्यु

काठमाडौं असोज २३,
कोभिड संक्रमणका कारण दोलखामा पहिलोपटक १ जना संक्रमितको मृत्यु भएको छ । श्वासप्रस्वासमा समस्या एवम् कोसभड सँग मिल्दोजुल्दो लक्षण देखिएसंगै सदरमुकाम चरिको स्थित प्रस्तावित चरिकोट अस्पतालमा उपचारात ८१ वर्षीय बृद्ध महिलाको बिहिवार मृत्यु भएको हो । प्राप्त जानकारीअनुसार मृतक महिला १५ दिन अघि भारतबाट नेपाल आएको बुझिएकोछ।

त्यस्तै सङ्क्रमणबाट दमकका १ जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएकोछ ।

साथै सप्तरीमा पनि सङ्क्रमणबाट बिहीबार साँझ थप १ वृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थय कार्यालय सप्तरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930