शुक्रबार, चैत्र १६, २०८०

केन्द्रीय नेताहरुमा कोभिड संक्रमण देखिएसंगै कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित

काठमाडौं असोज १८,
नेपाली काँग्रेसको सोमवारबस्ने भनिएको केन्द्रीय समितिको बैठक अनिश्चित भएको छ। बैठक पूर्व केन्द्रीय पदाधिकारी केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्ने क्रममा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोभिड संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक अनिश्चित भएको हो ।

आसन्न् काँग्रेसको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न सकिन्छ कि कार्यतालिका हेरफेर गर्नुपर्छ ? भन्ने एजेन्डालगायतमा छलफल गर्न केन्द्रीय समितिको बैठक आव्हा गरिएको थियो । तर नेताहरूमा संक्रमण देखिएसंगै सोमबारको केन्द्रीय समिति बैठक बस्ने कि नबस्ने अनिश्चित भएकोहो । गत बिहीबार दिइएको स्वाबको रिपोर्ट शनिबार आउँदा चार जना केन्द्रीय सदस्यमा काृभिड संक्रमण पुष्टि भएको क थियो।

यद्यपी सोमवकारको बैठकको सवालमा कोभिड परीक्षणको रिपोर्ट आउन बाँकी केन्द्रीय सदस्यको रिपोट आएसंगै आइतबार दिउँसोसम्म निर्णय हुने काँग्रेस मसख्यालयले जनाएको छ।