शुक्रबार, चैत्र १६, २०८०

काठमाडौ प्रशासनले भन्यो- आवश्यक नभई घरबाट बाहिर ननिस्किऊँ

काठमाडौं कार्तिक ४,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै दशैंमा अत्यावश्यक नपरी घरबाहिर ननिस्किन अपिल तमाम सर्वसाधारणलाइ अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको हस्ताक्षरमा जारी विशेष अपिल मार्फत प्रशासनले काठमाडौं उपत्यकामा कोभिड संक्रमण तीव्र गतिमा बढेको र दैनिक संक्रमितको आधाभन्दा बढी काठमाडौंमै भेटिने गरेको उल्लेख गर्दै यस्तो अवस्थामा अनावश्यक रुपमा घरबाहिवर निस्केर संक्रमणको फैलिने क्रममा थप तिव्रता दिने काम कोहि कसैले पनि नर्गन भनेको छ।

साथै ‘व्यक्तिगत तथा सामूहिक रूपमा सचेतता अपनाई जो जहाँ छौं सोही ठाउँमा रही चाडबाड मनाऊँ, अति आवश्यक नभई घरबाट बाहिर ननिस्किऊँ, घरबाट बाहिर निस्कनै पर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मापदण्डको अनिवार्य पालना गरौं र गराऔं भन्दै अपिलमा आमी सवैको साझा सत्रु कोभिड र यसको बढ्दो संक्रमणलाइ निस्तेज बनाऔ। भनिएकोछ । साथै अपिलमा गत भाद्र ३१ गते जारी निषेध आदेशको पूर्ण परिपालना गर्नरगराउन पनि आग्रह गरिएको छ ।