शनिबार, बैशाख ८, २०८१

काठमाडौ उपत्यकामा थप २ हजार ३८८ जनामा कोभिड संक्रमण

काठमाडौ कार्तिक ३,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षणको क्रममा थप ३ हजार ७ सय ९० जनामा कोभिड संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसमध्ये काठमाडौ उपत्यकामा थप २३सय८८ जनामा संक्रमण देखिएको जानकारी दिदै मन्त्रालयले आज काठमाडौमा २ हजार ८ जना, भक्तपुरमा ९९ जना र ललितपुरका २८१ जना रहेको जनाएकोछ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको जानकारीदिदै मन्त्रालयले देशभर थप २ हजार ३ सय ३५ जना उपचारपछि निको डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ९४ हजार ५ सय १ पुगेको जनाएको छ ।