बिहिबार, बैशाख १३, २०८१

काठमाडौं जिल्ला प्रशासनबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा बन्द

काठमाडौ असोज २७,
जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएसंगै प्रशासनबाट प्रवाह हुँदै आएको अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको छ ।

प्रशासनले आज जारी सूचनामा ४ जना कर्मचारीमा संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि बुधवारबाट लागु हुने गरि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको उल्लेख गरिएको छ।

साथै अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न अनुरोध गरेको छ ।