शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं उपत्यकामा थप १ हजार ६३८ जनामा कोभिड संक्रमण, ५ को मृत्यु

काठमाडौं असोज १६ ,

काठमाडौं उपत्यकामा थप १६ सय ६२ जनामा भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पहिचान भएको संक्रमितको यो सख्या अहिलेसम्म कै धेरै हो ।  आज थपिएका नयाँ संक्रमित मध्ये  काठमाडौमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जना  रहेको छ ।

त्यस्तै काठमाडौं उपत्यकाभित्रका ५ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा काठमाडौंका ६७ वर्षिया महिला, भक्तपुरका ६१ वर्षिय, ५१ वर्षिया महिला र ललितपुरका २७ वर्षिय, ३२ वर्षिय, ७० वर्षिय पुरुष रहेका छन् ।