शनिबार, बैशाख ८, २०८१

काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च अर्थात ३१०७ जना संक्रमितको पहिचान

काठमाडौ कार्तिक ५,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण्को क्रममा थप ५ हजार ७ सय ४३ जना कोभिड संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ।

यसमध्ये आज मात्र काठमाडौं उपत्यकामा थप ३१०७ जनामा संक्रमण देखिएजनाउदै मन्त्रालयले यसमध्ये काठमाडौमा २ हजार ३९१ जना, भक्तपुरमा १७३ जना र ललितपुरमा ५४३ जना रहेको जनाएकोछ । स्मरण रहोस आज पहचिान भएका कोभिड संक्रमितको सख्या अहिलेसम्मकै उच्च् सख्या हो।

त्यसैगरी देशभर थप २ हजार ९ सय ९६ जना संक्रमित उपचारपछि डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको सख्या कुल संख्या ९९ हजार ६ सय ५ पुगेको जनाउदै मन्त्रालयले देशभरका बिभिन्न अस्पतालका आइसीयूमा २६९ र भेन्टीलेटरमा ८७ जना कोभिड संक्रमितको उपचार भइरहेको जनाएको छ ।