बिहिबार, चैत्र १५, २०८०

काँग्रेसले भन्यो- महामारीबाट जनतालाई जोगाउने दायित्वबाट पन्छिने सरकार किन चाहियो ?

प्रधानमन्त्रीज्यू जन दायित्वप्रति संवेदनशील बन्नुहोस निर्णय सच्च्याउनुस

काठमाडौ कार्तिक् ३,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड महामारीबाट जनतालाई जोगाउने दायित्वबाट सरकार पन्छिएको आरोप लगाउदै जनताको परीक्षण र उपचारको दायित्वबाट पन्छिने सरकारको निर्णय आफैमा गैरजिम्मेवार भएको बताएको छ।

आज पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्तिमा जनताको उपचारको दायित्वबाट पन्छिए पछि ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैँ उद्दत रहेको पुष्टि भएको उल्लेख गरिएकोछ ।

त्यस्तै विज्ञप्तिमा कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेम्डेसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव व्यवस्थापनमा लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा भएको भन्दै उपचारको दायित्वबाट पन्छिए पश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको पुष्टि भएको उल्लेख गरिएकोछ ।

त्यस्तै कोभिडको कहरबाट जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएकाले संक्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकारले कसको सुन्छ ? भन्ने प्रश्न समेत उब्जिएको छ उल्लेख गर्दै जनताको जीवन जोगाउन सासंद विकास कोष दशैं भत्ता लगायतका
लगानी खारेज गर्दै कोभिड उपचारका लागि लगानी बढाउनु सरकारको कर्तव्य भएको भन्दै कांग्रेसले कर्तव्य आत्मसात गरेर काम गर्न चेतवानी सरकारलाई दिएको छ।