भक्तपुर कार्तिक ५ ,
राष्ट्रिय परीक्षा बोर्डले देशभर आगामी मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुनेगरि परीक्षाको कार्यतालिका सहित मिति तय गरेको छ।
बोर्डका अनुसार गत वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित भएको परीक्षा अव मंसिर ९ गतेबाट स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुने जनाएकोछ ।
लोकसेवा आयोगले कोरोना संंक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गरेको बेला कक्षा १२ परीक्षा सञ्चालन गर्न लागको हो ।