मङ्लबार, बैशाख ११, २०८१

उपत्यकामा थप १७ सय ४६ जनामा कोभिड संक्रमित थपिए

काठमाडौ कार्तिक १,
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप १ हजार ७ सय ४६ जनामा कोभिड संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्ने क्रममा देशभर ३ हजार १ सय ६७ जनामा संक्रमण देखिएको यसमध्ये काठमाडौमा १ हजार ४ सय ५१ जना, भक्तपुरमा १ सय ४३ जना र ललितपुरमा १ सय ५२ जना गरी कुल १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको हो ।

त्यस्तैगरि १ हजार ८ सय जना संक्रमित उपचार पछि डिस्चाजभएसंगै देशभर संक्रीय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।