शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा थपियो ९४३ नयाँ संक्रमित , ४ को मृत्यु

काठमाडौं असोज १५ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षणको क्रमममा थप १ हजार ९ सय ११ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ७९ हजार ९ सय ११ पुगेको छ । त्यस्तै मन्त्रालयले आज पुष्टि भएका संक्रमित मधये काठमाडौमा ८१७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जना गरि काठमाडौ उपत्यकामा थप ९४३ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

यसैगरी देशभर आइसीयूमा २सय २० जना र भेन्टिलेटरमा २५ जना संक्रमित रहेको जानकारी सहित आज संक्रमणबाट मृत्यु हुनेको संख्या ११ रहेको जानकारी  दिदै  नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै एक महिला १० पुरुष गरि ११ जनाको मृत्यु भएसंगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ५०९ पुगेको छ । यसमध्ये काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीया संक्रमित रहेको मन्त्रालयले जनाएको छ।मध्ये