शुक्रबार, बैशाख ७, २०८१

उपत्यकामा अहिलेसम्मकै उच्च अर्थात २ हजार ५ सय ४० जना संक्रमितको पहिचान

काठमाडौ असोज २२,

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३ सय ६४ जनामा कोभिड९१९ संक्रमण देखिएको छ । देशभरका बिभिन्न प्रयोगशालामा १८ हजार ४ सय ७३ जनाको पीसीआर पीक्षणको क्रममा थप ४ हजार ३ सय ६४जनामा संक्रमण देखिएको हो। यो संगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा मात्र थप २ हजार ५ सय ४० जनामा संक्रमण देखिएको छ । यो संख्या उपत्यकामा अहिलेसम्मकै उच्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौमा २ हजार ८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना गरी कुल २ हजार ५ सय ४० जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६ सय ७५ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ७१ हजार ३ सय ४३ पुगेको छ भने देशभरका क्वारेनटिनमा ४ हजार ४ सय ६० जना, होम आइसोलेसनमा १४ हजार ९ सय ६१ जना र संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ जना रहेका छन् ।

यसैवीच उपत्यकाको ७ सहित देशभर थप १२ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।