बुधबार, बैशाख १२, २०८१

उपत्यकाको स्थिती दिनानुदिन भयावह बन्दै, आजमात्रै १ हजार ५९९ जना संक्रमित थपिए

काठमाडौ असोज १८,
आइतवार काठमाडौ उपत्यकामा थप १ हजार ५९९ जनामा कोभिड सक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २५३ जना नयाँ कोभिड संक्रमितको पहिचान भएको थियो । यसमध्ये काठमाडौँमा १ हजार ३७३ जना, ललितपुररमा १८७ र भक्तपुरमा ३९ जना गरी कुल १ हजार ५९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या १३२९ रहको छ ।यो संगै डिस्चार्ज हुने जम्मा संख्या ६४ हजार ६९ जना पुगेको छ भने देशभर २२६ जना आइसीयूमा कोभिड संक्रमितको उपचार भइरहेको छ भने ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४ महिला र ३ पुरुष गरि ७ जनाको संक्रमणका कारण ज्यान गएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।