बिहिबार, बैशाख २०, २०८१

उपत्यकाका ८४३ सहित देशभर १ हजार ९५४ जनामा कोभिड संक्रमण,११को मृत्यु

कोभिड–१९ मिडिया ब्रिफिङ भोलीबाट साताको दुइ दिनमात्र

काठमाडौ कार्तिक १२,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार २४८ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार ९५४ जनामा कोभिड संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकाका ८४३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जना रहेको बुझिएकोछ ।

त्यसैगरी देशभर थप २ हजार ९८१ जना संक्रमित संक्रमणमुक्त हुँदै डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमणका कारण थप ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकोछ ।

यसैवीच मन्त्रालयले प्रत्येक दिन दिदै आएको कोभिड–१९ मिडिया ब्रिफिङ भोलीबाट साताको दुइ दिनमात्र अर्थात आइतबार र बुधबार मात्र गरिने भएको छ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930