शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत ,आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित

काठमाडौं असोज २७ ,

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय सहित तत्कालका लागि अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको छ। पछिल्लो समय कोभिड संक्रमित गम्भीर बिरामीले आइसियु र भेन्टिलेटर नपाउने अवस्था सिर्जना हुनुको अलावा उपत्यकामा हरेक दिन लक्षणसहितका कोभिड सङ्क्रमितको सङ्ख्या बढेसंगै स्वास्थ् मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को आइतबार बसेको बैठकले सबै सरकारी अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो।  त्यस्तै प्रस्तुत निर्णयबाट कोभिडका विरामीले  सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाउने अपेक्षा सरकारले लिएकोछ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले विषयगत अस्पतालले बाहेक सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामी परीक्षण र भर्ना गर्ने पर्ने निर्देश समेत जारी भएको जनाउ दिदै उपत्यकाभित्र रहेका विषयगत अस्पताल अन्र्तगत शहीद गंगालाल हृदय रोग, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूती गृह र कान्ति बाल अस्पताल विषयगत् अस्पतालहरु हुन। यी अस्पतालमा निदान हुने रोगका कोभिड सङ्क्रमित सोही अस्पतालमा गएर उपचार गराउ सक्ने जनाएकोछ । साथै यसको अतिरिक्तका सबै सरकारी अस्पतालहरुमा कोभिड सङ्क्रमितको उपचार हुने मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले सरकारी अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु स्वास्थ्य सेवा विभागबाट आपूर्ति गरिने बताउदै यसवीचमा सरकारी वा नीजि अस्पतालले शय्या अभावमा भएमा बिरामीलाई उपचारका लागि होटेलहरुसँग सम्झौता गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ।