मङ्लबार, बैशाख ११, २०८१

आयोगको पूर्वनिर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं कार्तिक ३ ,
लोकसेवा आयोगले पूर्वनिर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगले आज एक सूचना प्रकाशित यस्तो निर्णय सार्वजनिक गरेको हो। आयोगको सूचनामा आगामी कात्तिक १६ गतेदेखि गर्न लागिएको निजामती, सुरक्षा एवं संगठित संस्थाका सबै परीक्षाहरु स्थगित गरेको उल्लेख गरिएको छ ।

त्यस्तै सूचनामा विश्वव्यापी रुपमा फैलिएको कोभिड जोखिमका कारण आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने उम्मेदवारमा सिर्जना भएको भय एवं आयोगका कर्मचारीमा समेत कोभिड सक्रंमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू समेत बन्द गर्नुपरेको र त्यस्तै कर्मचारीहरू आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा व्यववस्थापन गर्न समस्या भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई उत्पन्न भएको’ उल्लेख गरिएको छ।

स्मरण रहोस :आयोगले केही दिन अघि कोभिड संक्रमित व्यक्तिलाई परीक्षामा सामेल नगर्ने जनाएको थियो। तर, सर्वोच्च अदालतले वैकल्पिक सुरक्षित व्यवस्थासहित  संक्रमितलाइ पनि परीक्षामा सहभागी गराउन आयोगलाइ सर्वोच्चको कडा आदेश दिएको थियो।