बिहिबार, बैशाख १३, २०८१

आज बडादसैंको सातौं दिन : शक्तिस्वरुपा देवी कालरात्रीको तन्त्रसाधना सहित उपासना गरिदै

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी,दुर्गा क्षमा शिवाधात्री स्वहा-स्वधा नमस्तुते

काठमाडौं कार्तिक ७ ,

आज वडादसैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरुले आआफ्नो परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । त्यस्तै फुलपातीको दिन आज देशभरका शक्तिपिठमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

त्यस्तै नवरात्रको सातौं दिन आज कालरात्री भगवतीको तन्त्र विधिवाट गरिने कालरात्री पुजन समेत हुनेभएको छ । कालरात्री पुजनको विशेष महत्व रहेका पाइन्छ । कालरात्रीको पूजा उपासना गर्ने विधि आफैमा गुप्त र फरक-फरक छन् ।

आजका दिन शक्ति स्वरुपा देवी दुर्गाले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको स्मरणमा कालरात्री पुजनका दिन बली पूजा समेत गर्ने गरिन्छ