बिहिबार, बैशाख १३, २०८१

आज पनि थपियो उपत्यकामा थप २ हजार १२९ जना कोभिड संक्रमित

काठमाडौं असोज २७,
काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार १२९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उपत्यकामा पहिचान भएका संक्रमित मध्ये काठमाडौमा १ हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जना रहेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले थप १५ सय ३ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ७८ हजार ७ सय ८० पुगेको जनाउदै देशभरका क्वारेनटिनमा ४ हजार ७ सय ९५ जना ,होम आइसोलेसनमा २० हजार ८ सय ६७ जना रहनुको अलावा आइसीयूमा ३ सय ७ जना र भेन्टीलेटरमा ६६ जना संक्रमितको उपचार भइरहेको जनाएकोछ ।