बिहिबार, चैत्र १५, २०८०

आजबाट उपत्यका लगायत देशैभर चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा

[फाइल फोटो ]

काठमाडौं असोज १५ ,
आसन्न् बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले आजबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको  छ । उपत्यकाको हकमा भने साल्ट ट्रेडिङ कर्पोरेसन र र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथाली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा यस्ता पसल सञ्चालन गर्न लागेको जनाएके छ ।

यसपटक सुपथ मूल्य पसलबाट अनलाइन अर्डरमार्फत समेत सामग्री खरिद गर्न सकिनेछ । सुपथ मूल्य पसलका सामग्री काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरका साथै देशभरका ४९ ठाउँमा खोलिने मन्त्रालयले जनाएको छ ।

साथै यसपटक सुपथ मूल्य पसलमा निम्नाुसारको मूल्य र छुटको व्यवस्था गरिएको छ । जसअनुसार नुन प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ । तर प्रति परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ । प्रति परिवार चार किलोका दर तोकिएको छ । सरकारले चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएको छ । यस्तै खसी,बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।