शनिबार, मंसिर २०, २०७७

बैंक एटिएम तोडफोड गर्न खोज्ने बानियाँ लागू औषध सहित पक्राउ

काठमाडौ कार्तिक १४ ,

व्यास नगरपालिका वडा नं. ४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा पर्सा पटेर्वा सुगौली गाउँपालिका(२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँलाई नियन्त्रित लागूऔषध १ सय ३५ ट्याब्लेट नाईट्राभेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

बानियाँले पैसा लुट्ने योजनाको साथ उक्त एटिएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले फेला पारी जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त लागू औषध र उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । बानियाँ उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930