- देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय नाघ्यो
- थप २ हजार ७१ जनामा संक्रमण
- आइसीयूमा ३२९जना र भेन्टीलेटरमा ७६ संक्रमितको उपचार हुँदै
- २२ जनाको मृत्यु
काठमाडौ असोज २५,
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकोछ । शभरका बिभिन्न प्रयोगशालामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षणको क्रममा थप २ हजार ७१ जनामा संक्रमण पहिचान भएको हो यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ भने हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ
त्यस्तै देशभर थप १ हजार ५ सय ५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ७४५ हजार ८०४ पुगेको छ भने देशभरका क्वारेनटिनमा ४ हजार ६ सय १३ जना ,होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना र संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ छन् । त्यस्तै आइसीयूमा ३२९जना र भेन्टीलेटरमा ७६ उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै ५ महिला र १७ जना पुरुष गरि कोभिड संक्रमणबाट आज २२ जनाको मृत्यु भएको जानकारी दिदै मन्त्रालयले बढ्दो कोभिड संक्रमणो रफ्तारसंगै मुलक अवस्था गम्भीर मोडमा पुगेको जनाउदै आवश्यक सावधानी अपनाउन आम सर्वसाधारणलाई अपिल गरेको छ । आज संक्रमणका कारण मृत्युभएका संक्रमित संगै नेपालमा मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।