बिहिबार, मंसिर १८, २०७७

नेपाली जनता अविभावक विहीन टूहुरा बनेको पीडाबोध महसुस :पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं कार्तिक ६ , बडादशैंका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले विपत्तिसंग भिड्दा नागरिक जीवन सहज र सूरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा जनताको जीवन अत्यन्त कष्टकर भएको बताएका छन ।

त्यस्तै जारी सन्देशमा उहाँले प्राकृतिक विपत्ति मनाव वशको कूरा नभएपनि जिम्मवोर निकायले त्यसको व्यवस्थापनका राम्रो काम गर्न नसकेको उल्ल्ेख गर्दै संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्दै अहिले नेपाली जनता अविभावक विहीन टूहुरा बनेको पीडाबोध भएको सन्देशमा उल्लेख गरेका छन ।

यस्तो सन्देशको पूर्णपाठ:

साथै जारी सन्देशमा कस्तै विष्म हवस्थामा जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हूनुपर्नेमा जोड दिदै आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समुहबादतर्फ उन्मुख हुँदा स्थिर, सूदृढ र सन्तोषजनक राष्ट्रिय परिणाम प्राप्त हुन नसक्ने पूर्व राजाको सन्देशमा उल्लेख गर्नुभएको छ ।

त्यस्तै सन्देशमा पूर्वराजा शाहले आज सबैले बढ्दो आशूरी र भष्मासूरी प्रवत्तिबाट उन्मूक्ति चाहिरहेको पनि उल्लेख छ । पूर्वराजाले नेपाललाई चिनौं, नेपाललाई बुझौं, नेपाली भएर बांचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं नेपालकै हितका खातिर र नेपाली शैलि अंगालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं भन्दै आग्रह पनि गरेका छन । पूर्वराजाले सन्देशमा समस्त नेपालीहरुमा सूख, सु–स्वास्थ्य,शान्ति र सम्बृद्धिको कामना गर्नभएको छ। गरेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930