बिहिबार, साउन १४, २०७८

उपत्यकाका ७ सहित देशभर थप १२ जनाको मृत्यु संगै थपियो थप ४ हजार ३ सय ६४ संक्रमित

काठमाडौ असोज २२,

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३ सय ६४ जनामा कोभिड १९ संक्रमण देखिएको छ । देशभरका बिभिन्न प्रयोगशालामा १८ हजार ४ सय ७३ जनाको पीसीआर पीक्षणको क्रममा थप ४ हजार ३ सय ६४जनामा संक्रमण देखिएको हो।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ भनेदेशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६ सय ७५ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ७१ हजार ३ सय ४३ पुगेको छ भने देशभरका क्वारेनटिनमा ४ हजार ४ सय ६० जना, होम आइसोलेसनमा १४ हजार ९ सय ६१ जना र संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ जना रहेका छन् ।

यसैवीच उपत्यकाको ७ सहित देशभर थप १२ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । जसअनुसार चितवनमा ३, काठमाडौंमा ४ , सुनसरी, धनुषा र कास्की र ललितपुर,भक्तपुर र सुर्खेतमा १/१ जना को मृत्यु भएको हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930