बिहिबार, मंसिर १८, २०७७

आज वडादसैंको १०औं दिन दुर्गा भवानीको टीकाप्रसाद ग्रहण गरि विजयादशमी पर्व मनाइदै

आसुरी शक्तिको अन्त्य गरेको खुसीयालीमा मनाइने भएका कारण
दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने

काठमाडौं कार्तिक १०,
आज वर्ष २०७७ को वडादसैं अन्र्तगत आज विजया पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका थापी आश्विन शुक्ल दशमी हर्षोल्लासपूर्वक मनाइँदैछ ।

दुर्गा भवानीको टीका प्रसाद बिहान १०बजेर १९ मिनेटको उत्तम साइत रहेको भएपनि असत्यमाथि सत्यको विजयका रुपमा मनाइने विजयादशमी मुलत शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी आसुरी शक्तिको अन्त्य गरेको खुसीयालीमा मनाइने भएका कारण दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने भन्दै विजयादशमीका दिन मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने परम्परा रहेको छ ।

आजको दिन घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ भने आजका दिन आफ्ना मान्यजनबाट टीका थापेर र आफन्तजन सङग हार्दिकता सातासात गर्नुे परम्परा रहिआएको छ। यो क्रम आजदेखि पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।

यद्यपी यसवर्ष कोभिड संक्रमणको जोखिमका कारण विगतका वर्ष जस्तो स्थिती सामान्य नभएका कारण घरमै मात्रै टीका लगाउन आग्रह तमाम नेपालीलाइ सरकारले आग्रह गरेको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930