शुक्रबार, बैशाख ७, २०८१

समाजमा हुने बोक्सी र छुवाछुतको अमानवीय अपराध रोक्न् गृहको कडा निर्देशन

काठमाडौ असोज ९ ,
बोक्सी एक सामाजिक कुरिति तथा अन्धविश्वास हो ।जसको आडमा आजको दिनमा पनि नेपालि नारिहरू पिडित हुदै आएको निष्कर्ष सहित तराई लगायतका मुलुकका विभिन्न जिल्लामा महिलालाई बोक्सी र छुवाछुतको आरोपमा मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि बढेसंगै गृहमन्त्रालयले यस किसिमको अमानवीय क्रियाकलापमा तत्काल रोक लगाउन मातहतका निकायलाई कडा निर्देशन दिएको छ ।

त्यस्तै मन्त्रालयले निर्देशनमा यस किसिमको अमानवीय अपराधमा संग्लन दोषिलाइ कुनै मोलाहिजा नगरी दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन सहित यस विषयमा भएको कार्य प्रति विवरण समेत मन्त्रायललाइ जानकारी दिन सर्कुलर गरिएको छ ।

साथै मन्त्रालयले जारी निर्देशन मार्फत परम्पराको नाममा हुने अन्धविश्वास, रुढीबादी संस्कृतिका विरुद्धमा स्थानीय न्यायिक समिति, सम्बन्धित निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी वृहत सचेतना अभियान सञ्चालन गर्दै समाजमा घट्न सक्ने कुनै किसिमका घटननाका तथ्यगत विष्लेषण सहित दण्डनीय हुने फौजदारी कसुरका विषयमा मेलमिलाप नगराउन तथा प्रहरी कार्यालयमा कुनै छलफल नगर्न समेत भनेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031