शनिबार, बैशाख ८, २०८१

काग्रेसले भन्यो- प्रधानमन्त्रीज्यू नेकपाको सचिवालय संवैधानिक परिषद् होइन भन्ने हेक्का राख्नु

 काठमाडौं असोज ८ ,
नेपाली काँग्रेसले संविधानको व्यवस्थाअनुसार नै रिक्त रहेको निकायमा संवैधानिक नियुक्ति हुनुपर्नेमा जोड दिदै नेपालको संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिको सोच नवनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गनुृभएको विज्ञप्तिमा एकातर्फ संवैधानिक निकायको नियुक्तिको ढिलाइ गर्नु अर्को तर्फ अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा हुनुले सरकार यसको गरिमालाई अन्त्य गर्ने दिशामा उद्दत रहेको पुष्टि भएको उल्लेख गरिएकोछ ।

त्यस्तै लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत नभएको भन्दै काँग्रेसले सत्तारुढदल नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्ति गर्ने सम्बन्धमा आफूलाई जुन रुपमा संलग्न गराएकामा आपत्ति समेत प्रकट गरेको छ ।