शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाको अवस्था निकै जोखिम पूर्ण बन्दै, आज मात्रै थपियो ७५५ जना संक्रमित

काठमाडौं असोज ८ ,

देशका विभिन्न प्रयोशालामा बिहीबार ११ हजार ४४९ जनाको पिसिआर परीक्षणको क्रममा थप १ हजार ४९७ जनामा कोभिड संक्रमण पुष्टि भएसंै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामामा ७५५ जना रहेको र यसमध्ये काठमाडौँमा ६०९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जना रहेको मन्त्रालयले जनाएकोछ ।

लकडाउन खुलेसंगै यातायात र खुल्ला हुनु र बजारहरुमा देखिएका भिडभाडका कारण उपत्यकामा संक्रमितको संख्या बढ्दै गएका कारण अवस्था निकै जोखिम पूर्ण बन्दै गएको मन्त्रालयले जनाएको छ ।  त्यसैगरि संक्रमणको सफल उपचारपछि डिस्चार्ज हुनेको संख्या ४५७ रहको छ । योसंगै डिस्चार्ज हुने जम्मा संख्या ५० हजार ४११ पुगेका छ भने देशभर २३२ जना आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

साथै गत २४ घण्टामा काठमाडौँ उपत्यकाका ६ जना सहित थप १७ जनाको संक्रमितको मृत्यु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031