शुक्रबार, चैत्र १६, २०८०

सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्दो , २५ हजार नाघेको खण्डमा पुन बन्दाबन्दी हुने

काठमाडौं असोज ७ ,
काठमाडौं उपत्यका लगायत देशैभर कोभिड संक्रमितको रफ्तार दिनानुदिन बढ्दो रहेको छ । जसअनुसार सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ जना पुगेको छ ।  सक्रिय संक्रमितको सख्या बढ्दै २५ हजार नाघेको खण्डमा लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष सहितस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले पुन बन्दाबन्दी गर्नुपर्ने आवश्यकता औल्याउँदै  बन्दाबन्दीको लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयको बुधबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता गौतमले बैठकले पछिल्लो समय संक्रमण दर बढेको र जोखिम उच्च रहेकोले जनस्वास्थ्यको मापदण्ड पालाना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको जानकारीदिनुभयो । मन्त्रालयका अनुसार सक्रिय संक्रमित रहेको खण्डमा देशको बर्तमान स्वास्थ्य संयन्त्रले संक्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने पछिल्लो ठहर सहित यस्तो निर्णय भएको जनाउ दिएका छन ।

जनजीवनलाई सहज बनाउने भन्दै अहिले अधिकांश क्षेत्र खुला गरेको छ। निषेधाज्ञाको अन्त्य भएसँगै संक्रमणदर बढ्दै गएको मन्त्रालयको बुझाइ रहेको छ। पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार देशभर क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १०४ जना रहेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ जना रहेको छ  ।सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ९ हजार १८६ जना रहेको मन्त्रालयले जनाएके छ । त्यस्तै देशभर आइसीयूमा रहने संक्रमितको सख्या २२० जना छ भने ४३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।