शनिबार, बैशाख ८, २०८१

काठमाडौं उपत्यकामा ३ संक्रमितको मृत्युसंगै थप ६३७ जनामा संक्रमण

काठमाडौं असोज ७ ,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षणको क्रममा थप १हजार१७२ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको र यसमध्ये काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज काठमाडौं उपत्यककाका ३ जनाको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षिया महिला, १६ वर्षिय पुरुष र ललितपुरका ७४ वर्षिय पुरुषको रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार८९३ जना कोभिड संक्रमित उपचार पछि डिस्चार्जभएसंगै नेपालमा  डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । त्यस्तै देशभर आइसीयूमा रहने संक्रमितको सख्या २२० जना छभने ४३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।