शुक्रबार, बैशाख १४, २०८१

वीर अस्पतालमा कैदी बन्दी जैसवालको शंकास्पद मृत्यु , पोष्टमार्टम सहित सुक्ष्म छानविन गर्न आफन्तको माग

कोभिड संक्रमितको शव हेर्न नपाउने भन्दै अस्पतालले आफन्तलाई शव दिन इन्कार

काठमाडौं असोज ६,  राजधानीको वीर अस्पतालमा एक कैदीबन्दीको मृत्यु भएको घटना रहस्यमय बन्नुको अलावा अस्पताल परिसर तनावग्रस्त भएको छ ।
केन्द्रीय कारागार सुन्धारा का कैदीबन्दी राम लखन जैसवालको स्वास्थ्यमा समस्या देखिएपछि ६३ वर्षिय जैसवाललाई असोज ३ गते राती पौने १० बजे तिर उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालमा भर्ना गरेको २५ मिनेट पछि जैसवालको मृत्यु अस्पतालले जनाएपनि उनका आफन्तले भने अस्पतालको प्रष्टोक्ति अस्वीकार गर्दै उनको मृत्यु नभइ हत्या भएको बताउँदै घटनाको सुक्ष्म छानविन गर्न  र शवको पोष्टमार्टम गर्न माग गरेका छन ।

त्यस्तै आफन्तले जैसवालको शव हेर्न दिन माग गर्दा अस्पताल प्रसासनले मृतक जैसवाललाइ कोभिड संक्रमण रहेका कारण शव हेर्न नपाउने भन्दै आफन्तलाई शव समेत हेर्न नदिएपछि स्थिती तनावग्रस्त  भएको हो ।

स्मरणिय रहोस यसअघि नै सरकाले कुनै पनि किसिमले मृत्युभएपनि मृतकको कोभिड परिक्षण नगर्न अस्पतालहरुलाई निर्देशन दिइसकेको अवस्थामा सरकारी निर्देशनविपरित मृतकको कोभिड परीक्षण् गर्नु आफैमा शंकास्पद देखिनुको अलावा निजको आफन्तको मोवाइलमा कैद भएको जैससवालको शवको दृष्यले घटनालाइ थप शंकास्पद बनाएको अवस्था छ । मोवाइल फुटेजमा देखिएअनुसार  जैसवालको जिउ भरि फोका र घाउ देखिएको छ, निधारमा चोट र आँखा निकालिएको प्रष्ट देख्न सकिन्छ ।