मङ्लबार, चैत्र ६, २०८०

देशभर थपिए १ हजार ३५६ कोभिड सङ्क्रमित,थप २ को मृत्यु

काठमाडौं असोज ६ ,

देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ जनाको पिसीआर परीक्षणको क्रममा थप १ हजार ३५६ जनामा कोभिड–१९ सङ्क्रण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोभिड सङ्क्रमितको कूल सङ्ख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयले जाएको छ ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप ६४७ जना सङ्क्रमित रहेको जनाउदै मन्त्रालयले यसमध्ये काठमाडौमा ५११, ललितपुरमा ७३ र भक्तपुरका ६३ जना रहेको जनाएको छ ।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १४२ रहेको जनाउदै मन्त्रालयले देशभर क्वारेन्टिनमा रहनेको सख्या ७ हजार १७१ जानकारीदिएको छभने  २२३ जनाको आइसियुमा र ३७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ । संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलेशनमा ८ हजार ९४९ जना रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरि कोभिड सङ्क्रमण मुुक्त भएर ८२३ जना संक्रमित डिस्चार्ज भएसंगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ४८ हजार नाघेको जनाउदै गत २४ घण्टामा  काठमाडौका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला गरि थप २ जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या ४२९ पुगेको मन्त्रालयले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031