शुक्रबार, चैत्र १६, २०८०

६ संक्रमितको मृत्युसंगै उपत्यकामा आज पनि थपियो ६७४ संक्रमित

काठमाडौं असोज ५ ,

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५३३ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार १५४ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ६५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप ६७४ जना रहेको र यसमध्ये काठमाडौमा ५३८ , ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना गरी ६७४ जनामा रहेको छ ।

त्यस्तै देशभर थप १ हजार ५ जना उपचारपछि कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ भने देशभरका बिभिन्न अस्पतालका आइसीयूमा १९६ जना र भेन्टीलेटरमा ३१ जनाको उपचार भइरहेको छ ।

यसैवीच पछिल्लो २४ घण्टामा नेपालमा कोभिड संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुनेको संख्या ४२७ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंमा ५८ र ७३ वर्षीय संक्रमित त्यस्तै गरि  भक्तपुरमा ८४ र ६२, वर्षीय र ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष रहेका छन ।