शनिबार, बैशाख ८, २०८१

उपत्यकामा ५ को मृत्यु संगै थपिए ७६७ जना कोभिड संक्रमित

काठमाडौ असोज ४,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार ५८४ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार ३२५ जनामा कोभिड संक्रमण देखिएसंगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज पहिचान भएका कुल संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंका ६०२ , भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको र यसमध्ये ध्ये होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ४०७ जना रहेको  जानकारी  सहित  मन्त्रालयले देशभर क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४५१ जना रहेको जनाएकोछ । साथै देशका बिभिन्न अस्पतालका आइसीयूमा १९० जना र भेन्टीलेटरमा ३६ जना उपचाररत रहेको समेत मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज काठमाडौं संक्रमणका कारण मृत्यु हुनेमा उपत्यकाका ५ जना रहेको जनाउदै निधन हुनेमा काठमाडौंका ४० वर्षिया, ६० वर्षिया र ६३ वर्षिया महिला र ललितपुरका ७५ वर्षिया महिला र भक्तपुरका ७२ वर्षिय महिला रहेका जानकारी दिएको छ ।