शनिबार, बैशाख ८, २०८१

सर्वप्रिय सर्वोच्च नेता  सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं असोज २,

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम सहित मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको प्रतिमुर्ति  विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय सर्वोच्च नेता सिंहले मुलुकमा जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताउनुभएको थियो ।

उनै सवोच्च नेता सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चलगायत पार्टी र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले विविध कार्यक्रम गरी देशभर मनाउँदै छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण प्राय सबैजसो कार्यक्रम जुम प्रविधिबाट गर्ने तयारी भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।