शुक्रबार, बैशाख १४, २०८१

सत्तारुढ नेकपाको सचिवालयको बैठक बस्दै, मन्त्रिपरिषद् पुनर्गठन लगायतका दर्जनौ एजेन्डामा छलफल हुने

काठमाडौं असोज २ ,

सत्तारुढ दल नेकपाको यसअघि बसेको स्थायी समिति बैठकले गरेका निर्णयलाई कार्यान्वयनार्थ आज पेरिसडाडा कोटेश्वरमा सचिवालयको बैठक बस्दैछ ।

गत भाद्र २६ गते सम्पन्न स्थायी कमिटीको बैठकमा पर्फत नितिगत निर्णय गरिएको सरकार, मन्त्रीमण्डल पुर्नगठन , पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोसभड नियन्त्रण तथा रोकथामलगायतका विषयmाइ थप मुखरित बनाउन आज सचिवालय बैठक बस्न लागेको सम्वद्ध स्रोतले जनाएको छ।

साथै अवका दिनमा सरकार पार्टी दुवैको कामगराइमा कुनै पनि समस्या सिर्जना नहोस भन्ने लक्ष्य सहित आज बस्ने बैठकले थप सचित्र रोडम्याप बनाउने नेकपाको तयारी रहेको बताईएकोछ ।