बिहिबार, बैशाख १३, २०८१

बाजागाजाको तामझाम सहित राँको बालेर मत्स्येन्द्रनाथको मुर्ति बुङ्गमती लगियो [फोटो फिचर]

ललितपुर भाद्र २९,
ललितपुरस्थित वर्ष र सहकालका देवता रातो मछिन्द्रनाथको मूर्तिलाई आज रथबाट ओरालेर खटमा राखेर बुङ्गमतीतर्फ लगिएको छ ।  यसअघिका वर्षमा ललितपुरको जावलाखेलमा राष्टाध्यक्षको उपस्थितीमा  हुने भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष कोभिड संक्रमण संगै निषेधाज्ञा लगायतका कारण भोटो जात्रा मात्र नभइ समग्रमा मछिन्द्रनाथको रथजात्रा नै प्रभावित भएको थियो ।

कोभिड संक्रमणका कारण जारी बन्दाबन्दीकै वीच रथारोहण गराईएको मछिन्द्रनाथ रथ लामो समय सम्म पुल्चोकमा अलपत्र परेसंगै रथजात्राको कारण भएको ठूलै ववण्डर पछि क्षमा पूजा संगै प्रतिकात्मक रुपमा गएको २१ गते पुल्चोकको सोह्रखुट्टे पाटीसम्म रथजात्रा सञ्चालन गरि जात्रा छोट्याएँदै आज साइत अनुरुप रथबाट मूर्तिलाई निकालेर सोझै मत्स्येन्द्रनाथको मुर्ति राँको बाल्दै बाजागाजाको तामझाम सहित बुङ्गमती लगिएको हो ।