शनिबार, बैशाख ८, २०८१

अकर्मण्यता सहित औषधि व्यवस्था विभाग दवाव र प्रभावको सिकन्जामा

  • किन कार्यान्वयन भएन  ३/२४ को  पत्र ?  उत्पादककोमा  पुग्नु अगावै  पत्र नै  गायव
  •  बजारमा  गुणस्तरहिन स्यानीटाजरको  निर्वाद विगविगी,  पानीमाथिको  ओभानो  बन्दै   विभाग
  • प्रस्तुत  सूचना  नत पत्रपत्रिकामा  आयो नत  वेवसाइटमा नै

-श्रीजन झा-

  काठमाडौं  भाद्र २९, 

उपत्यका लगायत देशैभर कोभिड महामारीको बढ्दो जोखिमको समयमा मानव स्वास्थ्यमानै थप जोखिम सिर्जना गर्ने विषाक्त मिथानोल सहितको स्यानिटाजर उत्पाद र त्यसको विक्री वितरण गर्दै जनस्वास्थ्यमा हदैसम्मको खेलवाद  गरेको भन्दै  विभागले    स्यानिटाइजर उत्पादक पाँच कम्पनीलाइ कारवाही गर्नु नि:शन्देह पनि स्वागत योग्य कदम हो यसमा कसैको दुइमत  छैन  ।

 मापदण्ड विपरीत मिथानोल जस्तो विषाक्तको प्रयोग गरि  स्यानिटाइजर  उत्पादक  लाइ  कारवाही गरेसंगै   विभागमा  दर्ता रहेका  तर  विभागलेनै जारी गरेको  मापडन्द  वेगरका  अनेकन नामका   स्यानिटाजरको   उत्पादक  गर्दै   स्यानिटाजरको  नाममा  ब्रम्हुल गर्न पल्लकेका  स्यानिटाइजरका  उत्पादकको  नमुना परीक्षणको  क्रममा  जनस्वास्थ्यको दृष्टिकोणबाट समेत प्रयोग गर्न  अहितकर  रहेको   भनिएका  कम्पनीको  उत्पादन भने  निर्वाद रुपमा  बजारमा  विक्री वितरण  हुनुले  विभागको कारवाही  संशयको    घेरामा  परेको  छ ।

यहाँसम्मकी   स्यानिटाइजर प्रकरण केन्द्रीत हुँदै  विभागमा  केहि समय अघि  चरणबद्ध धर्ना  लगायतका विरोधका  कार्यक्रम समेत भएको सवैमा   जगजाहेर नै भएको  विषय हो । साथै  दर्ता प्रक्रिया  लगायतका एजेन्दा केन्द्रीत  उक्त विरोध कार्यक्रमको सुक्ष्म अध्ययन सहित  हामीले यसअघिको अंकमा विषयगत समाचार    प्रकाशित गरेको  पक्षप्रति  तमाम पाठकवर्ग पक्कै पनि अनभिज्ञ छैन भन्ने हाम्रो विस्वास रहेको  छ ।

  प्रसंग  कोभिडको बढदो जोखिमको यस विषम अवस्थामा  विषाक्त मिथानोल सहितको   सेनिटाइजर उत्पादकलाइ कारवाही  गर्दै गर्दा  विभागले नै निश्चित गरेको   स्यानिटाजर उत्पादनको  मापदण्ड विपरित स्यानिटाजरको लागि   नाममात्रको    गुणस्तरहिन  स्यानिटाइजर    उत्पादन  गरि तमाम उपभोक्ताको  स्वास्थ्यमा  खेलवाद मात्र नभइ  आँखामा  छारो हाल्दै  अर्थ आर्जन  गर्न पल्केका  उत्पादन र उत्पादकलाइ  उनमुक्ति  दिदै जाने हो भने   जनस्वास्थ्यमाथि खेलवाड गर्ने  व्यवसायीको अराजकता  बढुनुको अलावा  नियमन  गर्ने निकायको गैर जिम्मेवारी मात्र होइन   नियमको  अख्तियार प्राप्त अधिकारीबाट भएको  अख्तियारको दुरुपयोगको ज्वलन्त   प्रमाण  मान्नु पर्ने हुन्छ ।

राष्टिय औषधि प्रयोगशालामा  विभिन्न मितिमा  स्यानिटाजर  उत्पादक  कम्पनीबाट  गुणस्तर  परीक्षणका  लागि    लागि   प्राप्त     स्यानिटाजरको गुणस्तर परीक्षणको क्रममा   क्रमस  ललितपुरको गोदावरी लेले स्थित  Rhodod endron  Biotech को उत्पादन   RB HAND RUB  स्यानिटाजर सोलुशन   स्याम्पल  न  DS   635/ 076/77   त्यस्तै गरि रुपन्देही स्थित  BIOGAIN REMEDIES  को उत्पादन   BIOSHIELD  जेल  स्यानिटाजर  स्याम्पल  न DS 648/076/77   र काठमाडौंको सतुङ्गलस्थित  SR DrugLaboratories    को उत्पादन  SR CARE  जेल स्यानिटाजर स्याम्पल न   DS 653076/77 मा   विभागले तोकको  मापदन्ड   अनुरुप  उत्पादकले  उत्पादन नगरी गुणस्तरहिण  स्यानिटाजर  उत्पादन गरिएकै कारण   गुणस्तर परीक्षणको क्रममा  प्रयोगको लागि अयोग्य ठहर गरिए   पनि   तत तत कम्पनीबाट  उत्पादन  गरिएका  स्यानीटाजर  बजारमा  विक्री वितरण  हुँदा समेत  विभाग मौन  रहेको  अवस्था  छ ।

त्यतिमात्र  नभइ  राजधानीका  आसपासका  सडकमा  निर्वादरुपमा  औषधि व्यवसायीले मात्र सुरक्षित  रुपमा   विक्री  वितरण  गर्ने पर्ने  स्यानिटाजर , मास्क जस्ता  स्वास्थ्य  सामाग्री  असरल्ल विक्री  भइरहेका  छन ।  त्यस्तै   सर्जिकल सामाग्रीका  विक्रेताले समेत आजभोली  भारत र  चीनबाट  आयात गरिएका  अनेकन  ब्राण्डको भन्दै  बोटलमा  भरिएको  स्यानिटाजर  निर्वाद  रुपमा  औषधिको मुख्यबजार भनेर  चिनिएको  क्षेत्रपाटी औषधि   बजारमा विक्री वितरण  गर्दैगर्दा पनि आजको मिति सम्म  नत  विभागले  अनुमगन गर्न सकेको  छ  नत  कारवाही नै  । के यसरी वेचिएको  स्यानिटाजर  मानव स्वास्थ्य  अनुकल  रहेको  विभाग  विभागीय अधिकारीको  बुझाइ हो । यदि होइन भने  किन मौन छ  विभाग ?

  नियमक निकाय  औषधि व्यवस्था विभागको  यस्तै  गम्भीर  लापरवाइका कारण  अनेकन  समस्या सिर्जना भएको  छ  ।  त्यस्तै  वाणिज्य  तथा  आपुर्ति  विभागको तर्फबाट  कुन सामान कसले विक्रिी वितरण गर्ने  त्यसको  कुनै नियम नभएकै  कारण  लागत मुल्य भन्दा  बढि मूल्यमा  ग्लोब्स  स्यानीटाजर  जस्ता  स्वास्थ्य सामाग्री  दाल चामल पसलमा समेत  विक्री हुने क्रमले  तिव्रता पाएको  अवस्था छ ।

राज्य मातहतका  यी दुइ निकायले  सुक्ष्म नियमन गर्ने हो भने  मानव स्वास्थ्यलाइ गम्भीर नोक्सानी गर्ने  विषाक्त  मिथानोल  सहितको  स्यानिटाजर उत्पादन गर्ने  ५ वटा कम्पनी  मात्र  होइन  दर्जनौको सख्यामा  कालाबजारी गर्ने  व्यापार र  व्यवसायीको  नालिवेली  तयार हुन्छ ।   तर यहाँ  नियमको क्रममा  प्रमावको आडमा  आमी आउँदैछौ है भनेर  सम्बन्धित व्यवसायीलाइ दिइने पूर्व सूचनाका  कारण  समस्या झन जेलिएको  अवस्था छ । त्यसमाथि  तोकिएको  गुणस्तर  भन्दा विपरित  स्यानिटाजर उत्पादन गर्दै  उपभोक्ताको स्वास्थ्यमा  खेलवाड गर्ने  स्यानिटाजर उत्पादकको बजारमा  भेटिएको   उत्पादन माथि विभाग विभागीय  अधिकारीको  मौनता   यसको  दरिलो उदाहरण  बनेको  समाचार स्रोतको  दावी रहेको  छ ।

त्यस्तै  हामीलाइ स्रोतबाट प्राप्त  जानकारी अनुसार   मिति   २०७७/३/२२ को  विभागीय निर्णय अनुरुप   फार्मेसि अधिकृत  मुकुन्द पंजियारको दस्तखत रहेको  विभागको  मिति  २०७७/३/२४ को  चन  ४०८७को पत्र  प्राप्त भएको  छ ।   उक्त पत्रमा  विभागमा  दर्ता  रहेको  एमडिएच   फर्मास्युटिकल्सको तर्फबाट उत्पादन  गरिएका     जेल स्यानिटाजर मापदन्ड पिरित रहेका कारण    ब्याच न  २००२ को सवै स्यानिटाजर बजारबाट  तुरुन्त रिकल अर्थात   फिर्ता गर्दै  सोको विवरणका  साथै  इन्भेष्टिगेशन रिपोर्ट  ७ दिन भित्र  विभागमा  पेश  गर्न  पत्र काटिएको  उल्लेख गरिएको  छ ।   स्रोतका  अनुसार  पत्र त काटियो  तर  सम्बन्धित  उत्पादककोमा  पुग्नु अगावै  पत्र नै  गायव भएको  बुझिएको  छ ।   विभागले  यसअघि  रिकलको  सूचना  पत्रपत्रिका  प्रकाशित गर्नुको अलावा  आफ्नो वेवसाइटमा समेत प्रकाशित  गर्दै  सर्वसाधारणलाइ  जानकारी दिइन्थ्यो तर प्रस्तुत  सूचना  नत पत्रपत्रिकामा आयो नत  वेवसाइटमा नै  स्रोतले भन्यो  । यसरी दवाव र  प्रभावको आडमा  विभागीय निर्णय  समेत  कार्यान्वयन हुन  नसकेको  विभागीय स्रोतले  बताए ।  स्मरण रहोस  उक्त  फर्मास्युटिकल्स  नेपाल औषधि  उत्पादक संघका पूर्व अध्यक्ष  समेत रहेका औषधि व्यवसायी  दिपक दाहालको  रहेको  थाहा भएको  छ ।

अन्तत विभागले   आफ्नो विभागीय निर्णय किन   कार्यान्वयन गर्न  सकेनन  भन्ने  जनजनको प्रश्नका वीच  बजारमा निर्धारित  मापदन्ड पूरा नगरेका मात्र नभइ  दर्ता समेत नभएका  र  वाहिरबाट  ल्याईएका   गुणस्तरहिन  अनेकन  स्यानिटाइजरको  विगविगी  रहेको  अवस्थालाइ  एकाध कारवाहीको घटनाक्रममा   सिमित गर्दै विभाग    पानीमाथिको ओभानो बन्ने  गरेका कारण   आज  विभाग  दवाव र प्रभावको  सिकन्जामा  जड्किएको  दावी गर्दै  राज्य मातहतका  औषधि जगतको नियमक निकाय   विभाग र  सम्वद्ध अधिकारीहरुको    रवैयाका  कारण  आज सिङ्गो  विभागको विश्वसनियता माथिनै  नै अनेकन  प्रश्न    सिर्जना भएको  छ ।