बिहिबार, बैशाख १३, २०८१

मानव स्वास्थ्यमा गम्भीर खेलवाद सहित विषाक्त स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योग कारवाहीमा

२०७७/ ३ /२४ मा विभागको निरीक्षण महाशाखाको पत्रमा कारवाहीको लागि भक्तपुर ठेगाना भएको  मापदन्ड विपरितका स्यानिटाजर उत्पादन गर्ने थप अर्को एक उद्योगको नाममा काटिएको पत्रको सर्वत्र चासो

काठमाडौं भाद्र २७,
औषधि व्यवस्था विभागले मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने पाँच वटा उद्योगलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । उपत्यका लगायत देशैभर कोभिड महामारीको बढ्दो जोखिमको समयमा मानव स्वास्थ्यमानै थप जोखिम सिर्जना गर्ने विषाक्त मिथानोल सहितको स्यानिटाजर उत्पाद र त्यसको विक्री वितरण गर्दै जनस्वास्थ्यमा हदैसम्मको खेलवाद गर्दै दिन दुइ गुना रात चौगुणाको रफ्तारमा अर्थ आर्जन गर्दै आएका स्यानिटाजर उत्पादक पाँच कम्पनीलाइ विभागले कारवाही गरेको हो ।

विभागद्दारा जारी सूचनामा मापदण्ड विपरीत विषाक्त मिथानोल हालेर सेनिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ उद्योगलाइ कारवाही गएिको उल्लेख गर्दै जारी सूचनामा कारबाहीमा पर्नेमा हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर मा विषाक्त मिथानोल रहेको पाइएको विभागले जनाएको छ  । त्यस्तै विभागले पाँचवटै उद्योगका सेनिटाइजर प्रयोग नगर्न तमाम सर्वसाधारणलाइ  सुचित गर्दै मापदन्ड विपरितका विषाक्त मिथानोल प्रयोग गरेको सेनिटाइजर प्रयोग गर्दा कोभिड जोखिम निराकरण हुने नभइ मानव स्वास्थ्यमा नै प्रतिकूल असर पर्ने जनाएको छ ।

त्यस्तै विषाक्त पदार्थ मिसाउने उद्योगलाई औषधि ऐन, उपभोक्ता हित संरक्षण ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत क्षतिपूर्ति सहितको जरिवाना गर्नुका साथै उद्योग बन्द गर्ने र बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी विभागले गरेको विभाग सम्वद्ध अधिकारीले जनाएको छ ।

विभागले यसअघि स्यानिटाइजर उत्पादनका लागि मिति २०७६/१२/२६ मा [नेपालमा कोभिडको सूचक दखिएसंगै] एक सार्वजनिक सूचना जारी गर्दै आवश्यक सतर्कताको लागि आव्हान गरेको थियो । तर त्यस पछिका समयक्रममा विभागले मौनता साँधेकै कारण बजारमा अनेकन नामधारी उद्योगको आवरणमा यसअघि पनि यस्तै मानव स्वास्थ्य विपरितका स्यानिटाजर उत्पादन र विक्री मास्कको कालाबजारीसंगै वितरणको श्रृखला शुरु भएको हो । त्यस समयमा पनि  मानव स्वास्थ्य विपरितका स्यानिटाजर उत्पादन र विक्री   वितरणको भइरहेको  प्रमाणिक समाचार प्रकाशित हुँदा समेत विभाग सम्वद्ध उच्च अधिकारी तैँ चुप मैँ चुपको अवस्थामा बस्दै आएको कारण काला कर्तुतवाला उद्योगीको मनोवल उच्च भएको हो ।

त्यस्तै प्रकाशित समाचारको पुष्टिकै लागि हामीले सूचनाको हकको अधिकार प्रयोग गर्दै मिति २०७७ साउन ५ गते प्राप्त गरेको सूचनामा विभागले तत्कालीन समयमा स्यानीटाजर प्रदायक उद्योगको तर्फबाट परीक्षणका लागि विभागमा दर्ता भएका १७ प्रकारका उत्पादन सहित परीक्षणका लागि प्राप्त १०३ वटा नमुना मध्ये  ३९ वटा उद्योगको उत्पादनमा यस्तै किसिमको कैफियत देखिएको थियो । तथापी यसवीचमा त्यस्तो कुनै कारवाही नगरेकै कारण आज  थप विषम अवस्था सिर्जना भएको हो भन्नुमा कुनै द्यकमान्नु पर्ने अवस्था किमार्थ छैन ।

त्यस्तै मिति २०७७/३/२४ मा विभागको निरीक्षण महाशाखाको चन ४०८७ रहेको पत्रमा भक्तपुर ठेगाना भएको MDH फर्मास्विटिकल्स प्रालि उद्योगको उत्पादन जेल स्यानिटाजरमा देखिएको कैफियतका कारण उद्योगको उत्पादन रिकल गर्न पत्र काटिएपनि बजारमा छ्याप छ्याप्ति रहेको उत्पादनको रिकल त कता हो कता दवाव र प्रभावकौ कारण पत्रनै चलान नभएको विभाग सम्वद्ध स्रोतले जनाएको छ ।

विभागले समय नवित्दै मानव स्वास्थ्यमा गम्भीर खेलवाद गर्दै अर्थ आर्जन गर्न पल्केका उद्योगीको आवरणमा मौलाएको कालाधन्दाका मतियारलाइ दवाव र प्रभावमा नपरी कारवाही गर्नेहो भने पछिल्लो समय विभागले सूचना जारी गर्दै ५ वटा उद्योगको नाम सार्वजनिक गरेको कदम आफैमा कोशे ढुङ्गा सावित हेनेछ । अन्यथा मेलोमेसो बनन नसकेकै कारण सार्वजनिक भएको श्रृखलाको रुपमा जनजनले बुझ्न कुनै समस्या पर्नेछैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।